ad ad

छापा खबर


७१७ सेना-प्रहरीको सुडान मिसन रोकियो

 ७१७ सेना-प्रहरीको सुडान मिसन रोकियो

नेपालखबर
चैत ५, २०७६ बुधबार ०:५,

विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ।

संयुक्त राष्ट्र संघअन्तर्गतको मिसनमा साउथ सुडान जान लागेका १७ जना प्रहरी र नेपाली सेनाका ७ सय सैनिकको मिसन यात्रा कोरोना संक्रमणका कारण तत्कालका लागि रोकिएको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले साउथ सुडान जान तयारी अवस्थामा रहेका १७ जना प्रहरीको मिसन यात्रा तत्कालका लागि स्थगित भएको बताए।

संयुक्त राष्ट्र संघको हेडक्वार्टरबाट तत्कालका लागि नपठाउनु भन्ने पत्र आएपछि मिसन यात्रा रोकिएको थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .