ad ad

छापा खबर


काेराेनाकाे त्रास : ७० लाख बालबालिका अबकाे तीन सता घरमै

काेराेनाकाे त्रास : ७० लाख बालबालिका अबकाे तीन सता घरमै

नेपालखबर
चैत ५, २०७६ बुधबार ०:२६,

विद्याल पढ्ने उमेर समूहका ७० लाख बालबालिका आगामी तीन साता घरमै बस्ने भएका छन्।

१ देखि नौ कक्षासम्मको वार्षिक परीक्षा बुधबार सकिएपछि कोरोना संक्रमणबाट जोगिन सरकारको आग्रहअनुसार बालबालिका तीन सतासम्म घरमै रहने खबर आजको नयाँ पत्रिका दैनिकमा भवनीश्वर गौतमले लेखेका छन्।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले कोरोना भाइरसको त्रास रहेको अवस्थामा परीक्षा सकेका बालबालिकालाई अर्को शैक्षिक सत्र सुरु नभएसम्म घरमै रहन मंगलबार अपिल गरेका हुन्।

देशभरका विद्यालयमा इसिडी (प्रारम्भिक बाल विकास) देखि कक्षा नौसम्म विद्यालय जाने उमेर समूहका ७० लाख बालबालिका अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .