ad ad

छापा खबर


लकडाउनमा पनि भारतबाट विद्युत आयात किन रोकिएन?

लकडाउनमा पनि भारतबाट विद्युत आयात किन रोकिएन?

नेपालखबर
चैत २६, २०७६ बुधबार ०:१५,

मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ।

लकडाउनका कारणले सबै उद्योग, प्रतिष्ठान, कलकारखाना, होटल, व्यवसाय तथा कार्यालय बन्द रहेको अवस्थामा नेपालको आन्तरिक उत्पादनले धान्न नसक्दा आयात नरोकिएको खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रुसाद उपाध्यायले लेखेका छन्।

मागअनुसारको आपूर्ति व्यवस्था मिलाउन भारतबाट बिजुली आयात गर्नु परिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अहिले पनि हामीलाई आन्तरिक रूपमा विद्युत्को आपूर्ति व्यवस्थापन गर्न असहज परिस्थिति भएकाले भारतबाट बिजुली लिइरहेका छौँ। त्यो नर्मल र पिकआवरमा पनि कम, बढी ल्याउने गरेका छौँ।’

लकडाउनपछि बिजुलीको घरेलु प्रयोग बढेकाले ‘सोचेजस्तो’ माग कम नभएको भन्दै कार्यकारी निर्देशक घिसिङले भने ‘नाकाबन्दीपछि नेपाली उपभोक्ताले भान्सामा बिजुलीको प्रयोग हुने सामग्रीको जोहो गरेर राखेकाले पनि लकडाउनका बेला बिजुलीको माग बढेको छ। हामीले सोचेजति उपभोक्ताको भान्सामा बिजुलीको प्रयोग नबढे पनि बिस्तारै ‘कुकिङ ह्याबिट’मा फेरबदल आइरहेको छ।’

यो ‘ड्राइ सिजन’ हो। यस्तो सिजनमा हरेक वर्ष आन्तरिक उत्पादनले नपुग्ने भएपछि प्राधिकरणले भारतबाट आयात गरेर माग आपूर्ति व्यवस्थापन गर्दै आएको थियो।

प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार लकडाउनका बेला साँझको पिक आवरमा भारतबाट औसतमा दैनिकजसो २०० मेगावाट र बिहानको पिक आवरमा १५० मेगावाट आयात भइरहेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .