ad ad

समाज


कोरोनाः न्युयाेर्कको अवस्था अहिलेसम्मकै खराब, एकै दिन ७३१ को मृत्यु

कोरोनाः न्युयाेर्कको अवस्था अहिलेसम्मकै खराब, एकै दिन ७३१ को मृत्यु

नेपालखबर
चैत २६, २०७६ बुधबार ०:४८,

कोरोना भाइरस (कोभिड-१९) का कारण अमेरिकाको न्युयोर्कको अवस्था अहिलेसम्मकै खराब देखिएको छ। यसकाे संक्रमणबाट त्यहाँ मंगलबार एकै दिन ७३१ जनाको मृत्यु भएको हो। यो मृत्युको संख्या त्यहाँका लागि महामारीयताकै सबैभन्दा बढी हो।

योसँगै न्युयोर्कमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४८९ पुगेको छ। यस्तै संक्रमितको संख्या १ लाख ३८ हजार ८३६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

न्युयोर्कका कारागारमा पनि कोरोनाको संक्रमण फैलिएको छ। कैदी जीवन बिताइरहेका ५३ वर्षीय माइकल टाइसनको कोरोना संक्रमणले मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकामा कोरोना संक्रमणका कारण मंगलबार एकै दिन १९ सय २४ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा यसबाट मृत्यु हुनेको संख्या १२ हजार ७९५ पुगेको छ।

पछिल्लो समय कोरोनाको केन्द्रबिन्दु अमेरिका बनेको छ। त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म विश्वमै सबैभन्दा ४ लाख ३ सय २३ जना संक्रमित भइसकेका छन्। अमेरिकामा पनि न्युयोकै सबैभन्दा बढी यो संक्रमणको चपेटामा परेको हो।

वल्डोमिटरको ताजा तथ्यांकअनुसार कोरोनाबाट विश्वमा अहिलेसम्म १४ लाख ५ सय १६ जना संक्रमित भइसकेका छन् भने ८२ हजार १९ व्यक्तिको मृत्यु भइसकेको छ।

मृत्युका हिसाबले भने अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार १ सय २७ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .