ad ad

छापा खबर


काठमाडौं महानगरपालिकाले सरकारलाई भन्यो -उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गरौँ

काठमाडौं महानगरपालिकाले सरकारलाई भन्यो -उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गरौँ

नेपालखबर
जेठ ७, २०७७ बुधबार ०:५६,

काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ।

 महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न संघीय सरकारसँग माग गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जारी गरेको विज्ञप्तिमा ‘कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको’ उल्लेख छ।

कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय महानगरपालिकाले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .