ad ad

छापा खबर


संक्रमित थपिँदै, उपत्यकामा थप क्वारेन्टाइन आवश्यक

संक्रमित थपिँदै, उपत्यकामा थप क्वारेन्टाइन आवश्यक

नेपालखबर
जेठ ७, २०७७ बुधबार ३:५६,

कोरोना भाइरस रोग (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ।

काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुपर्ने देखिएको खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन्।

यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ।

उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौँमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन्।

काठमाडौँ, ललितपुर र भक्तपुर सङ्कट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)का अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख एवं सीएमसी काठमाडौँका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित सङ्ख्यामा क्वारेन्टाइन निर्माण गरेको बताए।

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा पहिले निर्माण गरिएका खरिपाटीमा ५० शय्याबाहेक अन्य नगरपालिकामा व्यवस्थित क्वारेन्टाइन नभएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .