ad ad

छापा खबर


नेपाल कोरोना संक्रमणको चौथो चरणमा प्रवेश

नेपाल कोरोना संक्रमणको चौथो चरणमा प्रवेश

नेपालखबर
असार १०, २०७७ बुधबार ०:५,

कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ।

स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने योजना बनाएको थियो।

ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ।

यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ।

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १ सय ५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा थप ३ हजार ५ सय आठ जनालाई संक्रमण देखिएको छ ।

तर, अस्तव्यस्त क्वारेन्टिन, खुकुलो लकडाउन, पिसिआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नुलगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

कुल संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक १० माघमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना भाइरस संक्रमणको स्रोत बन्दै गएका क्वारेन्टिनबाट दैनिक ६ हजार ७ सय बाहिरिने गरेका छन् । पछिल्लो एक सातामा क्वारेन्टिनबाट ६ हजार सात सय ४२ जना बाहिरिएका छन्।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । मंगलबार थप ५ सय ३८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । यस्तै, हालसम्म संक्रमितमध्ये २ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार ७६ जिल्लामा संक्रमण देखिएको छ।

हालसम्म आरटी–पिसिआर प्रविधिबाट १ लाख ८६ हजार ३ सय ६६ जनाको कोरोना परीक्षण भएको छ । मंगलबार ४ हजार ९ सय ९५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । पछिल्लो दुई सातायता सबैभन्दा कम मात्रामा कोरोना परीक्षण मंगलबार भएको देखिन्छ । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .