पाकिस्तानका थप सात क्रिकेट खेलाडीलाई कोरोना संक्रमण भएको छ।
पाकिस्तान क्रिकेट बोर्डले दिएको जानकारीअनुसार फख़र जमाम, इमरान ख़ान, कासिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि बोर्डले सोमबार शादाब खान, हारिस रउफ र हैदर अली कोरोना संक्रमित भएको जानकारी दिएको थियो। सबै गरेर अहिलेसम्म आफ्ना १० क्रिकेटर कोरोना संक्रमित भएको बोर्डले जनाएको छ।
जो जो कोरोना नेगेटिभ छन् ती खेलाडाीलाई यही जुन २८ तारिख इंग्ल्यान्ड प्रस्थान गर्नेछन्। इंग्ल्यान्ड- पाकिस्तानबीच अगस्टमा तीन टेस्ट र टी २० सिरिज म्याच हुँदै छ।
पाकिस्तानमा कोरोना संक्रमण लगातार बढिरहेको छ। अहिलेसम्म पाकिस्तानमा ८५ हजारभन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ भने यसका कारण ३ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। बीबीसी
प्रतिक्रिया