ad ad

छापा खबर


प्लाज्मा दान गर्दा एन्टिबडी घट्छ? यसो भन्छन् चिकित्सक

प्लाज्मा दान गर्दा एन्टिबडी घट्छ? यसो भन्छन् चिकित्सक

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १:२६,

कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए।

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी वरदान सावित भएको संघले जनाएको छ। एक पिन्ट प्लाज्माबाट हजारौंलाई जोगाउन सकिने चिकित्सक बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

‘कोरोना संक्रमितका साथै अन्य व्यक्तिमा त्रास फैलँदै गएकोेले मनोबल बढाउन पनि यो अभियान अघि सारिएको हो’, डा.कार्कीले भने, ‘संक्रमणपछि निको भएकाहरूलाई हेप्ने, छिःछिः दुरदुर गर्ने प्रवृत्ति देखिएको छ। समाजमा दुव्र्यवहार हुँदा लुकेर बसेका छन्। दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि अभियान सुरु गरिएको हो।’

प्लाज्मा थेरापीबाट पहिलो पटक विराटनगरका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीको उपचार गरिएको थियो। झन्डै ६० जना व्यक्तिले प्लाज्मा दान गरिसकेको संघले जनाएको छ। प्लाज्मा दान गर्ने व्यक्तिलाई चिकित्सकले सम्मान गर्ने भएका छन्। प्रशंसापत्रसहित उच्च सम्मान गरिने संघका महासचिव डा.बद्री रिजालले बताए।

यो उपचार विधिको प्रयोग सन् १८९० मा पहिलो पटक गरिएको थियो। विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा इबोला भाइरसको उपचारमा पनि प्लाज्मा थेरापी प्रयोग गर्न सिफारिस गरेको थियो।

स्पेनिस फ्लुको उपचारमा पनि प्लाज्मा थेरापी प्रयोग गरिएको थियो। साथै, सन् २००९ मा फैलिएको एच१एन१ को संक्रमणका लागि पनि प्लाज्मा थेरापीको प्रयोग गरिएको थियो। जर्मन भौतिकशास्त्री एमिल भोन बेहरिनले पत्ता लगाएका हुन्।

कोरोना संक्रमणबाट निको भएकामध्ये कतिपय प्लाज्मा दान गर्न हिचकिचाइरहेका छन्। प्लाज्मा झिकिएको व्यक्तिको शरीरमा एन्टिबडी घट्ने आशंका रहेको देखिन्छ।

‘एन्टिबडी दिएपछि शरीरमा घट्छ कि भनी दाता डराउनु पर्दैन। कोरोनाबाट निको भएको दुई सातादेखि तीन महिनासम्मको अवधिसम्म एन्टिबडी राम्रो हुन्छ’, उनले भने, ‘एन्टिबडी धेरै भएको यहीँं समयमा दान गर्न सकिन्छ। दान दिँदैमा एन्टिबडीको लेभल घट्दैन। ’

उनका अनुसार रगत दान गरेजस्तै हो। रगत दिएको केही समयपछि सामान्य अवस्थामा आउन सकिन्छ। प्लाज्मा विधिबाट उपचार पाएर निको भएको व्यक्तिले पनि प्लाज्मा दान गर्न सक्छन्।

एक दाताबाट झन्डै चार सय एमएल रगत निकालिन्छ। रगतमा भएको राता रक्तकोष र प्लेट्लेट्सलाई बाहिर निकालिन्छ। त्यसपछि प्लाज्मा निकालेर फ्रिजमा राखिन्छ। उक्त प्लाज्मा बिरामीलाई दिइन्छ।

श्वासप्रश्वासमा समस्या भएको बिरामीलाई दिइने डा.नेपालको भनाइ छ। ‘बिरामी सिकिस्त अवस्थामा पुगेको हुन्छ। अंगमा क्षति पुुग्न लागेको अवस्थामा अन्तिम उपचारका रूपमा प्लाज्मा थेरापी विधि अपनाउँदै आइएको छ’, उनले भने। झन्डै ६० जनाले यस विधिबाट मुलुकमा उपचार गराइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .