ad ad

कारोबार


यसकारण आजदेखि उद्याेग/व्यवसाय खुलाउन सम्भव भएको हो : व्यवसायी

यसकारण आजदेखि उद्याेग/व्यवसाय खुलाउन सम्भव भएको हो : व्यवसायी

दीपक भट्ट
भदौ २५, २०७७ बिहिबार १:२७,

सरकारले उद्याेग/व्यवसाय पनि सञ्चालन गर्न दिनेगरी आज (बिहीबार) देखि निषेधाज्ञा केही खुकुलो बनाएकाे छ।

व्यवसायीका अनुसार आइतबार नेपाल उद्योग वाणिजय महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलका कारण सरकारले व्यवसाय सञ्चालन गर्ने गरी निषेधाज्ञा खुकुलाे बनाएकाे हाे।

व्यवसायीले यसअघिदेखि नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई उद्योगरव्यवसाय खुलाउनुपर्छ भन्ने माग राखिरहेका थिए।

यहीबीच आइतबार, अर्थमन्त्रीसमेतको जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले व्यवसायीहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्रीसँगको छलफलमा पनि सबै व्यवसयाीले एकै स्वरमा अर्थतन्त्र तहसनहस भयो भन्दै कोरोना प्रोटोकल अपनाउँदै व्यवसाय सञ्चालन गर्न दिन माग गरेका थिए।

त्यसैले गर्दा आज बिहीबारदेखि व्यवसाय सञ्चालन गर्न पाउने गरी सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए।

‘हामीले प्रधानमन्त्रीसँगको छलफलमा मुख्य विषय नै व्यवसाय सञ्चालन खुकुलो हुनुपर्ने बताएका थियाैँ। तीनवटै संस्थाका प्रतिनिधिको भनाइ एउटै थियो। जसले गर्दा प्रधानमन्त्रीलाई पनि कन्भिन्स गराउन सजिलो भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि मान्छेकाे जीउ/ज्यान पनि जोगिने र व्यवसाय पनि जोगिने गरी अब सरकारले निर्णय गर्छ भन्नुभएको थियो। त्यो आज (बुधबार) भएको छ।’

त्यसैगरी आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल पनि सरकारको निर्णय सकारात्मक रहेको बताउँछन्।

भन्छन्, ‘व्यवसायीले निषेधाज्ञा जारी गर्नु अघिदेखि नै माग गरेको कुरा अहिले आएर सरकारले निर्णय गरेको हो।हामीले कोरोनाबाट सुरक्षित हुनपर्छ भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पनि अपनाउँदै व्यवसया सञ्चालन गर्न दिनुपर्छ भनेका थियौं। त्यो पूरा भएको छ।’

साथै प्रधानमन्त्रीज्यूले आफू मात्रै नभइ सरोकारवाला व्यक्तिहरूसमेत राखेर छलफल गराउनु भएकाले अब व्यवसाय कोरोना प्रोटोकल अपनाएर सधैं खुला हुने आशामा समेत रहेको उनी बताउँछन्।

तर अर्का एक व्यवसायी भने सरकारले अहिलेसम्म निजी क्षेत्रको कुरा नै नसुनेर सबैले दुःख पाएको बताउँछन्।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उनले नाम नबताउने सर्तमा व्यवसायीका कुरा सुनेको भए अहिलेसम्म अर्थतन्त्र यतिसम्म बिग्रिने अवस्था नआउने दाबी गरे।

‘सुरुको लकडाउनले अर्थतन्त्र कमजोर बनायो। दोस्रो चरणको निषेधाज्ञाले अर्थतन्त्रलाई ऋणात्मक बनाएको छ,’ उनले भने, ‘हामीले बारम्बार भनिरहेका थियौं– दास्रो चरणको पनि बन्दाबन्दी गर्ने स्थिति आयो भने अर्थतन्त्र धेरै नै गिर्छ अहिले नै सजक बनौं। त्यसमा सरकारले ध्यान देओस्। तर पनि यो स्थिति आयो।’

याे पनि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलाे, के के गर्न पाउने, के नपाउने (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .