ad ad

छापा खबर


भोका नागरिकलाई खुलामञ्चबाट धपाएर १० करोडको तक्मा वितरण

भोका नागरिकलाई खुलामञ्चबाट धपाएर १० करोडको तक्मा वितरण

नेपालखबर
असोज ३, २०७७ शनिबार २३:५२,

शनिबार पाँचौँ संविधान दिवस । सधैँझैँ टुँडिखेलमा सैनिक परेडसहित भव्य कार्यक्रम आयोजित थियो ।

राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूसहित बडाहरू आउँदै थिए । पर्खालउता खुलामञ्चमा भने रोजगारी गुमाएका भोका नागरिक भेला हुँदै थिए । उनीहरूका लागि खाना लिएर आउँदै थिए सधैँझैँ स्वयंसेवक।

स्वयंसेवक र सर्वसाधारण आश्चर्यमा परे जब प्रहरीले भन्यो– तपाईंहरू आज यहाँ खाना वितरण गर्न पाउनुहुन्न । आज भिभिआइपी आउँदै हुनुहुन्छ । कार्यक्रममा डिस्टर्ब हुन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र सागर चन्दले लेखेका छन्।

यो हो जनताले संघर्ष गरेर स्थापना गरेको गणतन्त्र नेपाल जहाँ भोका जनताले खाना पाउँदा ‘सरकार’लाई डिस्टर्ब हुन्छ।

‘कोभिड– १९ महामारीको संक्रमण बढेपछि सरकारले संक्रामक रोगसम्बन्धी ऐन लगाएर देश ‘लकडाउन’ ग¥यो । त्यसमा जनताले विरोध गरेनन् । तर, कानुन सम्झिने सरकारले दायित्व किन सम्झिएन? काम नपाएका जनताले के खाए होलान् भनेर किन सोचेन?’ खानाको पर्खाइमा बसेका पर्यटन मजदुर श्यामवीर तामाङको भनाइ थियो।

‘राष्ट्रपति आउने पनि जनताको भलो गर्छु भनेर हो, प्रधानमन्त्रीले पनि जनतालाई भोकै पर्दैनन् भन्ने हो । ठुल्ठूला भाषण गर्नेहरूलाई सुरक्षा चाहिन्छ, तपाईंहरू उहाँहरूलाई सुरक्षा दिन जानुहोस्, यहाँ गरिब जनता छन्, यी जनताको सुरक्षा गर्नुपर्ने केही छैन,’ स्वयंसेवी इन्दिरा रानामगर र हन्ड्रेड्स गु्रपका स्वयंसेवकहरूले प्रहरीसँग याचना गरिरहेका थिए । यी समूहले चैतमा लकडाउन भएदेखि नै खाना वितरण गर्दै आएका छन्।

तर, प्रहरी भने माथिको आदेश भन्दै खाना वितरण गर्न नदिने पक्षमा थियो । भोका नागरिक खाना आयो भनेर खुसी थिए, तर प्रहरी भने टुँडिखेलभित्र छिर्न नदिने अडानमा थियो । भोका नागरिक र शक्तिशाली प्रहरीबीच धकेलाधकेल भयो।

‘भिआइपीको भाषण अवरोध गर्ने हाम्रो कुनै मनसाय होइन । उनीहरू त सेनाको बीचमा कार्यक्रम गर्दै थिए । हामी त पर्खालपारि सधैँझै खाना खुवाउने तयारीमा थियौँ । तर, प्रहरीले हामीमाथि नै बल प्रयोग ग¥यो,’ हन्ड्रेड्स गु्रपका यम खड्काले नयाँ पत्रिकासँग भने, ‘हामीलाई पक्राउ गर्नेसम्म प्रयास भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .