ad ad

छापा खबर


यस वर्ष नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशतमा सीमित हुने

यस वर्ष नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशतमा सीमित हुने

नेपालखबर
असोज २३, २०७७ शुक्रबार २:६,

विश्व बैंकले कोभिड-१९ का कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशत मात्र रहने र सन् २०२१ मा ०.६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् सन् २०२० मा २.३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो।

विश्व बैंकको दक्षिण एसिया स्तरीय आर्थिक प्रतिवेदनअनुसार कोभिडले पर्यटन क्षेत्रमा पु(याएको अवरोध र लकडाउनले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण आर्थिक वृद्धि कम हुने प्रक्षेपण गरेको खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्।

विश्व बैंकको अर्धवार्षिक तथ्यांकअनुसार महामारीको विनाशकारी असरले दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ । यसले गर्दा अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एसियालीहरू चरम गरिबीमा धकेलिँदै छन्।

पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षितभन्दा निकै तीव्र गतिमा आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान छ।

जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति नगर्ने पनि संकेत गरेको छ।

अघिल्ला मन्दीहरूमा खस्कँदो लगानी र निर्यातले गिरावट ल्याउने गरेको थियो । तर, यसपालिको आर्थिक मन्दीले गरिबीको दर बढ्नेछ । विप्रेषणमा आएको गिरावटका कारण पनि अति विपन्नले तीव्र गतिमा आयस्रोत गुमाउने अपेक्षा केही देशमा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .