हरेक श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै छ।
रक्षा बन्धनका दिन तराई–मधेसमा दाजुभाइलाई दिदीबहिनीले राखी बाँधिदिने चलन छ भने वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु-पुरोहितबाट रक्षासूत्र अर्थात् जनै बाँध्ने चलन छ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो (रक्षासूत्र) धारण गर्ने प्रचलन छ। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
यसै सन्दर्भमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि बिहानै जनै पूर्णिमा मनाइएको छ।
आज बिहान पुशपतिनाथ परिसरमा जनै पूर्णिमा मनाउँदै गर्दाका केही दृश्य–
42
Shares
प्रतिक्रिया