आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन। हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन घरघरमा कुश भित्र्याएर यो पर्व मनाइन्छ।
हिन्दु धर्मावलम्बीले कुशलाई देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने गरेका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।
कुशे औंसीलाई बुबाको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। आज बुबालाई मनपर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन छ। बुबा नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दान गर्ने गर्छन्।
कुशे औंसीका दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्छ। विशेष मेला लाग्ने भएकाले आजको औंसीलाई गोकर्णे औंसीका रूपमा पनि चिनिन्छ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिधादान गर्नेहरूको भीड लाग्ने गर्छ।
यसै क्रममा गोकर्णेश्वर मन्दिर क्षेत्रमा मंगलबार बिहानका केही दृश्यः
Shares
प्रतिक्रिया