नेकपा एमालेको इतिहासमै पहिलो पटक विधान महाधिवेशन हुँदैछ। शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय हलमा विधान महाधिवेशन हुन लागेको हो।
यो विधान महाधिवेशनमा ओली नै प्रधानमन्त्री हुँदा शिलान्यास र उद्घाटन गरिएको सनराइज हलमा हुन लागेको हो।
एमालेको विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी हुँदैछन्। सहभागीमध्ये आधा संख्या हलमा अट्ने छन् भने आधालाई हल बाहिर राखिँदैछ।
सम्मेलनका सहभागीलाई लैजान ललितपुरको सातदोबाटोबाट सवारीसाधनको व्यवस्था गरिएको छ। गोदावरीसम्म जाने बाटो बिग्रिएकाले ललितपुर क्षेत्रको यातायात पनि अस्तव्यस्त बनेको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ।
महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ।
Shares
प्रतिक्रिया