बंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको नेपालमा पनि विरोध भइरहेको छ।
दक्षिण एसियाली छिमेकी मुलुकका हिन्दु अल्पसंख्यकमाथि मुस्लिम समुदायबाट भइरहेको आक्रमणको नेपालमा सांकेतिक विरोध भएको हो।
दुई सातायता बंगलादेशमा हिन्दूहरुमाथि भइरहेको आक्रमणको रोक्न नेपाली समुदायले आग्रह गरेका हुन्।
हिन्दूमाथिको आक्रमणको विरोधमा नेपालस्थित बंगलादेशी दूतावासमा ज्ञापनपत्र समेत बुझाइएको छ।
शुक्रबार मात्रै हिन्दु धार्मिक समूहमाथि आक्रमणविरुद्ध राजधानीको माइतीघरमा मैनबत्ती बालेर विरोध गरिएको छ।
इस्कन र विश्व हिन्दू परिवारले मैनबत्ती बालेर विरोध जनाउँदै बंगलादेशमा मारिएका हिन्दुहरुको फोटोसमेत प्रदर्शन गरेका छन्।
बंगलादेशमा हिन्दु समुदायविरुद्ध आक्रमण हुँदा पाँच जना पण्डितहरुसहित १५ जना हिन्दुको हत्या भइसकेको छ। सयभन्दा बढी हिन्दुको घर जलाइएको छ।
33
Shares
प्रतिक्रिया