आज देशभरका पाँच वर्षमुनीका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने सरकारले जनाएको छ। त्यसका लागि देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ।
स्थानीय पालिकाहरुले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई अनुरोध गरेको छ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ।
काठमाडौंका विभिन्न स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै गरेका तस्बिरहरु-
Shares
प्रतिक्रिया