चाडपर्वको सिजनलाई मध्यनजर गर्दै खाद्य उद्योगहरुमा धमाधम स्वादिलो परिकार लाखमरी उत्पादन भइरहेको छ।
काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगभित्र पनि लाखमरी उत्पादन भइरहेको छ।
उद्योगका सञ्चालकका अनुसार चाडपर्वको सिजनमा अरू बेलाभन्दा धेरै उत्पादन हुने गरेको छ। चाडपर्वका बेला बजारमा माग बढ्ने गरेकाले उत्पादन पनि पाँच गुणाले बढ्ने ती सञ्चालकले बताए।
लाखामरी एक किसिमको नेवारी रोटी हो। यसमा चामलको पीठो र मासको पीठो मिसाई घ्यूमा पकाइन्छ। यसरी पाकिसकेपछि चास्नीमा डुबाई तयार गरिन्छ।
यसमध्ये कुनै कुनै रोटी आँटा मात्र राखेर पनि बनाउने गरिन्छ। सबै किसिमका लाखामरी यही तरिकाले बनाइन्छ।
15
Shares
प्रतिक्रिया