छठ पर्वका अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। छठका अवसरमा तराई मधेसदेखि काठमाडौं उपत्यकासम्मका तलाउ र नदी किनार सजिएका छन्।
पछिल्लो समय छठ पर्व तराई मधेसदेखि पहाड र उपत्यकामा पनि मनाउन थालिएको छ।
संघीय राजधानी काठमाडौंका कमल पोखरी, रानीपोखरीसहितका तलाउ तथा बागमती, विष्णुमतीसहितका नदी किनारमा पनि छठ पूजा गरिँदैछ।
छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि राजधानीका नदी तलाउ किनारका घाटमा पुगेकी छन्। उनी कमल पोखरी र बागमती किनारसहितका स्थानमा पुगेर छठ पूजामा सहभागी भइन्।
राष्ट्रपति भण्डारी छठ पूजाका लागि सजाइएका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा दर्शन गर्न पुगेकी हुन्।
27
Shares
प्रतिक्रिया