सरकारले ग्यास र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा सत्तारुढ दलकै विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुसहितका ६ विद्यार्थी संगठनले आइतवार प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्।
उक्त विरोध प्रदर्शनका क्रममा माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी र अखिल छैटौँ पनि सहभागी थिए।
समाजवादीनिकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहितका विद्यार्थीले आन्दोलन गरेका हुन्।
पछिल्लो पटक आयल निगमले घाटा चुलिएको भन्दै साता बिराउँदै पेट्रोलियमको मूल्य बढाएपछि गठबन्धन सरकारको आलोचना भइरहेको छ।
159
Shares
प्रतिक्रिया