यो वर्षको हिउँदे मौसम मध्यमा पुगेपछि देशभर हिमपात र बर्षात् भएको छ।
मंगलबार रातिदेखि नै पानी पर्न थालेपछि देशभरको मौसम चिसो भएको छ।
हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात भएपछि आलुसहितका अन्न बाली सप्रिने विश्वासमा किसान खुसी भएका छन्।
यता काठमाडौं उपत्यका आसपासका डाँडाकाँडा पनि हिउँले ढाकिएका छन्। उपत्यका नजिकका फुलचोकी, चन्द्रागिरि, शिवपुरी र नागार्जुनसहितका अग्ला स्थानमा बाक्लो हिमपात भएको छ।
अहिले खासगरी केबलकार सुविधा भएको चन्द्रागिरिमा हिमपात भएपछि हिउँ खेल्नेको घुइँचो लागेको छ।
231
Shares
प्रतिक्रिया