नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा प्रतिनिधिहरू नयाँ नेतृत्व चयनको प्रतिक्षामा छन्।
आठ दिनदेखि जारी महाधिवेशनको कार्यक्रम अन्तर्गत अब नयाँ नेतृत्व छनौटको काम बाँकी रहेको हुँदा सहभागीहरू सदस्यीय केन्द्रीय समितिमा को-को पर्ने हुन् र पदाधिकारी को-को बन्ने हुन् भन्ने व्यग्र प्रतिक्षा गरिरहेका छन्।
माओवादीमा नयाँ नेतृत्व छनौटका लागि पुरानो समितिले नै प्रस्तावित गर्ने हुँदा सबैको ध्यान स्थायी समितितिर छ।
प्रस्तावित नामहरूलाई हलले अनुमोदन गरेपछि नयाँ समितिले पदाधिकारी छनौट गर्नेछ। र, पदाधिकारीसहितका नयाँ समिति हलले अनुमोदन गर्ने छ।
नयाँ समिति चयनका लागि अहिले स्थायी समिति बैठक जारी छ।
स्थायी समितिले केन्द्रीय सदस्यहरुको टुंगो लगाइसकेको छ भने महासचिवका लागि सहमतिको प्रयास जारी छ।
२९९
72
Shares
प्रतिक्रिया