नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले बुधबार आफ्नो समूहको भेला गरेको छ।
काठमाडौंको सिंहदरबार अगाडिको होटल बसेरामा कोइराला समूहको भेला जारी छ।
भेलामा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजालसहितका नेता सहभागी छन्।
चौधौँ महाधिवेशनमा सभापतिमा पराजित नेता कोइरालाले पार्टीभित्र आफूहरुको भूमिकाबारे रणनीति तय गर्न भेला बोलाएका हुन्।
बुधबार बत्तिसपुतलस्थित अनुपम फुडल्याण्डमा डाकिएको बैठकबाट यो भेला आयोजना गर्ने निर्णय कोइराला समूहले गरेको थियो।
1.4k
Shares
प्रतिक्रिया