कोरोनाको तेस्रो लहर आउनै लाग्दा विद्यार्थीहरुमाझ खोप अभियान तीव्र पारिएको छ। पहिलो पटक विद्यार्थीहरुमाझ खोप अभियान थालिएको हो।
१२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीका लागि सरकारले कोरोनाविरुद्धको मोडर्ना खोप दिइरहेका छन्।
भक्तपुरमा आइतवारदेखि सुरु भएको खोप अभियान सोमबार पनि जारी छ। उपत्यकामा काठमाडौं र ललितपुरमा पनि खोप अभियान थालिँदैछ।
सीसीएमसीले आइतवार माघ १५ सम्मका लागि विद्यालय बन्दको सिफारिस गरेको भोलिपल्ट सोमबार भक्तपुरमा विद्यार्थीले धमाधम खोप लिँदैछन्।
भक्तपुरको थिमिस्थित शंखधर मेमोरियल स्कुल र मोर्डन स्कुलसहितका विद्यार्थीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयको टोली कोभिडविरुद्धको खोप दिएको हो।
सरकारको स्टोरमा खोप मौज्दात रहे पनि खोप अभियानलाई बालबालिकासहित सबै नागरिकले अझै पाएका छैनन्।
87
Shares
प्रतिक्रिया