पूर्वराजा ज्ञानेन्द्र शाह १३ वर्षपछि आफ्ना पुर्वज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन्।
निर्मल निवासबाट निस्किएर नारायणहिटी दरबार सङ्ग्रहालयको बाटो हुँदै शाह सिंहदरबार अगाडि अवस्थित नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका हुन्।
उनी सिंहदरबार अगाडि पुग्दा सयौँ राजावादीहरुले स्वागत गरेका थिए। उनले पनि राजर्षि शैलीमा हात हल्लाउँदै आफ्ना समर्थकलाई अभिवादन गरे।
२०६५ सालमा भएको गणतन्त्र घोषणायता पहिलो पटक पूर्व राजा शाहले आफ्ना पुर्खा बडामहाराजाधिराज पृथ्वी नारायण शाहको शालिकमा मंगलबार मध्याह्न साढे १२ बजे माल्यार्पण गरेका हुन्।
त्यसअघि राप्रपाका पूर्वअध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे।
मंगलबार राजावादी तथा अन्य विभिन्न शक्तिले ३०० औँ पृथ्वी जयन्ती देशभर मनाउँदैछन्।
Shares
प्रतिक्रिया