देशमा स्थानीय तह निर्वाचन अमेरिकी परियोजना एमसीसीलाई लिएर रडाको चलिरहँदा किसानलाई भने हिउँदे बाली लगाउन भ्याइन नभ्याइ छ।
धान काटेर खाली भएका खेतमा अहिले किसानहरुले धमाधम गहुँ र आलुसहितका हिउँदे बाली लगाउने तयारी गरिरहेका छन्।
हिउँदे बाली लगाउन महिलाहरुको भागमा मल बोक्नेदेखि छर्नेसम्मको काम परेको छ। अर्कातिर पुरुष किसानहरू खेतबारी जोत्नेदेखि बाली लगाउन तयार पार्नेसम्मको काममा लागेका छन्।
काभ्रेको शंखु पाटी चौरका किसानहरू पनि अहिले हिउँदे बाली लगाउने काममा जुटेका छन्। नेपालमा हिमपातसहित दुई पटक पानी परेपछि हिउँदे बाली सप्रिनेमा किसान ढुक्क छन्।
उनीहरुले अहिले खेतबारीमा हिउँदे बाली खन्ने जोत्नेदेखि मल छर्नेसम्मका काममा आफूलाई व्यस्त बनाएका छन्।
84
Shares
प्रतिक्रिया