मौरिससविरुद्धको दोस्रो अन्तर्राष्टिय मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ।
दशरथ रंगशालामा दोस्रो हाफको खेल जारी रहँदा नेपालले १–० को अग्रता बनाएको छ।
खेलको दशौँ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।
सुजलले पुजन उपरकोटीको पासमा गोल बललाई पोष्टको दिशा दिएका थिए। सुजलको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो।
तर १२औँ मिनेटमा मौरिससले पेनाल्टी पाउँदै खेललाई बराबरी गर्ने मौका पाएको थियो।
पेनाल्टी बक्समा पुजन उपरकोटीको ह्याण्ड भएपछि मौरिससले पेनाल्टी प्रहारको अवसर पाएको थियो।
मौरिससका कप्तान एन्डी सोफिले पाएको पेनाल्टी प्रहार नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए।
खेलको २२औँ मिनेटमा एरिक विष्टको प्रहार गोलपोष्टभन्दा थोरै बाहिरबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर गर्नै मौका गुमायो।
Shares
प्रतिक्रिया