यो हिउँदमा दोस्रो पटक देशभर बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवन कष्टकर भए पनि किसानहरू भने हिउँदे बाली सप्रिने आशमा उत्साहित भएका छन्।
बिहीबार बेलुकादेखि काठमाडौं वरपरका डाँडामा पनि बाक्लो हिउँ परेको छ।
नागार्जुन, शिवपुरी, चन्द्रागिरि र फूलचोकीसहितका डाँडा हिउँले सेताम्मे भएका छन्।
बिहीबारदेखिको वर्षासँगै ललितपुरको फूलचोकीमा पनि बाक्लो हिउँ परेको छ। हिउँले फूलचोकी डाँडा रमणीय देखिएको छ।
फूलचोकीमा हिउँ परेपछि ललितपुरतिरबाट हिउँ खेल्न जाने बढेका छन्।
201
Shares
प्रतिक्रिया