प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धन सरकारविरुद्ध प्रदर्शन गरेको छ।
बिहीबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरमा भेला भएर युवा संघका नेता कार्यकर्ताहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका छन्।
प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘स्थानीय तह निर्वाचनको स्वीकार्यता, मूल्यवृद्धि फिर्ता गर, गुमेको भूमि फिर्ता गर, मन्त्री रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानबिन गर र स्वास्थ्यमन्त्रीलाई कारबाही गर’ जस्ता नारा लगाए।
159
Shares
प्रतिक्रिया