सरकारले आइतवार एकै पटक पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धि गरेपछि विरोध सुरु भएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट भ्रातृ संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन थालेको छ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौं उपत्यकासहितका स्थानमा प्रदर्शन गरेका हुन्।
सोमबार साँझ अनेरास्ववियुले त्रिचन्द्र कलेज र घण्टाघर क्षेत्रमा मसाल जुलुस निकालेको छ।
जुलुसमा गठबन्धन सरकारविरुद्ध नाराबाजीका साथै सहभागीहरुले मूल्य वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए।
111
Shares
प्रतिक्रिया