सरकारले एकै पटक पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट अनेरास्ववियुले प्रदर्शन गरेको छ।
सोमबार साँझ काठमाडौंको त्रिचन्द्र कलेज अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडपमा हुँदा केही घाइते भएका छन्।
झडपका क्रममा प्रहरीले तीन सेल अश्रुग्यास हानेको छ। त्यस्तै प्रदर्शनकारीले नेपाल प्रहरीको एउटा भ्यानमा ढुंगामुढा गरेर क्षति पुर्याएका छन्।
नेपाल आयल निगमले आइतवार मध्यराति पेट्रोलमा एकै पटक २१ र डिजेलमा २७ रुपैयाँ प्रतिलिटर मूल्य बढाएको छ। यी दुवै पेट्रोलियमको मूल्य करिब २०० नजिक पुगेको छ।
1.5k
Shares
प्रतिक्रिया