विवेवशील साझा पार्टीका नेता रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। विवेकशील साझाका पूर्वअध्यक्ष मिश्र आफ्नो समूहसहित बुधबार राप्रपामा समाहित भएका हुन्।
मिश्रलाई स्वागत गर्न राप्रपाले राष्ट्रियसभागृहमा एक कार्यक्रम आयोजना गरेको छ। राप्रपा प्रवेशसँगै मिश्रले अध्यक्ष राजेन्द्र लिङदेनपछिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन्।
विवेकशील–साझाका नेता शरद पाठक पनि सहमहामन्त्रीको भूमिका लिने गरी राप्रपा प्रवेश गरेका छन्।
यस्तै, सो पार्टीका बागमती प्रदेश संयोजक एवम् कार्यसम्पादन समिति सदस्य उज्वलकृष्ण श्रेष्ठ, बागमती प्रदेशकी सांसद एवम् कार्य सम्पादन समिति सदस्य शोभा शाक्य, गण्डकीकी संयोजक एवम् कास सदस्य सुशीला केसी अधिकारी, लुम्बिनीका संयोजक एवम् कार्य सम्पादन समिति सदस्य अनुपमान सैंजु, कर्णालीका संयोजक एवम् कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही लगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन्।
हाल विवेकशील साझा पार्टीको नेतृत्व समीक्षा बास्कोटाले गरेकी छन्।
Shares
प्रतिक्रिया