ad ad

फोटोफिचर


गृहमन्त्रीको निर्देशनपछि धमाधम हटाइ‌ँदै होर्डिङ बोर्ड (फोटो फिचर)


प्रविन कोइराला
पुस ११, २०७६ शुक्रबार ९:१२,

काठमाडौं महानगरपालिकाले शहर कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री हटाउन सुरु गरेको छ। आज माइतीघर, तिनकुने, टेकुलगायतका स्थामा महानगरका कर्मचारीले होर्डिङबोर्ड हटाएका छन्।

बिहीबार गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले गरेको निर्णय अनुसार आजैदेखि होर्डिङ बोर्डगायतका सामाग्री हटाउन सुरु गरेको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ महानगरपालिकाभित्र तत्काल चार ओटा समुह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानीय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको थियो।

यस्तै बैठकले अव्वस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको थियो।

सर्वोच्च अदालतलेसमेत शहरलाई कुरुप बनाउने तथा पर्यावरणलाई असर गर्ने सामाग्रिहरु हटाउन निर्देशन दिएको थियो।

hording_board19.jpg

hording_board17.jpg

hording_board18.jpg

hording_board16.jpg

hording_board15.jpg

hording_board14.jpg

hording_board13.jpg

hording_board12.jpg

hording_board11.jpg

hording_board10.jpg

hording_board9.jpg

hording_board8.jpg

hording_board7.jpg

hording_board6.jpg

hording_board5.jpg

hording_board4.jpg

hording_board3.jpg

hording_board2.jpg

hording_board1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .