ad ad

फोटोफिचर


पशुपतिमा उल्लासमय महाशिवरात्रि, ४० तस्बिरमा हेर्नुस्


सरोज बैजु
फागुन ६, २०७९ शनिबार २०:१४, काठमाडौँ

देशभरका शिवालमा आज महाशिवरात्रि पर्व विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरेर मनाइएको छ। 

आज (शनिबार) पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालयमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ। पशुपतिमा बिहान ३ बजेदेखि नै चारैवटा ढोका खोलिएको थियो। 

देशका विभिन्न ठाउँ तथा छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु पशुपतिमा दर्शनका लागि पुगेका थिए।

पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीका अनुसार दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ। 

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ। साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ। यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .