वसन्त ऋतु नजिकिँदै गर्दा वातावरण फूलमय हुन थालेको छ। एक सातायता काठमाडौंका सडक आसपास विभिन्न प्रजातिका फूलले वातावरण मनमोहक बनेको छ।
शिशिर ऋतु अर्थात चिसो मौसम सकिँदै गर्दा अहिले राजधानीका कयौँ ठाउँमा आरु फुलेका छन्। आरुका फूलले राताम्य माहोलबीच फोटो खिचाउनेको पनि भीड देखिन्छ।
यही मौसममा होली पर्वको पनि रौनक थपिँदैछ। नेपालका हिमालदेखि तराईसम्म मनाइने होलीको पूर्वतयारी सुरु भइसकेको छ।
शुक्रबार भृकुटीमण्डप क्षेत्र पुग्दा आरुका राताम्य फूलबीच केही युवतीहरु रंगसँग रमाइरहेका थिए।
उनीहरुले होली आइसकेको पूर्वसंकेत गर्दै रंगसँग खुसी साटिरहेका थिए। अबको पाँच दिनमा देशभर रंगहरुको पर्व होली मनाइँदैछ।
822
Shares
प्रतिक्रिया