सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर्स कप टि– २० क्रिकेट प्रतियोगितामा उपाधिमाथि ह्याट्रिक गरेको छ।
बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले लगातार तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो।
एपीएफले दिएको १ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन मात्र बनाउन सक्यो।
लगातार तेस्रोपटक जित हात निकालेको एपीएफका खेलाडीले जितको खुशियालीमा सेलिब्रेसन गरेका छन्।
जितपछि मैदानमा एपीएफका खेलाडीको खुशीः
30
Shares
प्रतिक्रिया