लाओस विरुद्ध २–१ को जित निकालेपछि नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भएको हो।
पछि परेको नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि दिलाउन सफल भएका हुन्।
यस जितसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ। फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै नगद २ सय ५० डलर प्राप्त गरे।
यस्तै, प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५ सय डलर हात पारे। प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको थियो। भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिष्पर्धा गरेका हुन्।
54
Shares
प्रतिक्रिया