ललितपुरको बखुण्डोलमा घरहरू भासिएका छन्। यहाँ बन्दै गरेको समिट होटल तथा अपार्टमेन्टको ठूलो संरचनाका कारण वरपरको जमिन भासिन थालेको हो।
स्थानीयका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने ६ वटाभन्दा बढी घर जोखिममा छन्।
राति २ बजे तीव्र रुपमा जमिन भासिन थालेपछि त्यहाँ भागदौड मच्चिएको थियो। केही व्यक्ति घाइते पनि भएको स्थानीयले जनाएका छन्।
हेर्नुहोस् जमिन भासिएका तस्बिर-
825
Shares
प्रतिक्रिया