पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले यो लगातार दोस्रो हार ब्यहोरेको हो।
नेपाल पहिलो चरणबाट बाहिरिँदा भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ।
खेलको सुरुवातमा नै २–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो।
खेलको छैटौं मिनेटमा भियतनामकी पाम हाइ ऐनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। त्यसको एक मिनेटमा नै ऐनले नै व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।
ओलम्पिक छनोटमा नेपाल समुह सी मा रहेको थियो।
नेपाल रहेको समुहमा प्यालेन्स्टाइन र अफगानिस्तान रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेलेका हुन्।
तस्बिरहरूः
87
Shares
प्रतिक्रिया