यही वैशाख १० गतेको उपनिर्वाचनबाट निर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्।
मंसिरको आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेले नागरिकता प्रकरणमा माघ १३ गते सांसद र मन्त्री सबै गुमाएपछि उपनिर्वाचन भएको थियो।
रविले सांसद पद गुमाउँदै गर्दा उपनिर्वाचनबाट एकको बदला तीन लिएर संसदमा फर्किने बताएका थिए।
उनले भनेअनुसार तीन त सम्भव भएन, तर कांग्रेसले मंसिरमै टिकट नदिएपछि असन्तुष्ट चर्चित अर्थविद् डा. स्वर्णिम वाग्लेलाई पनि साथमा लिएर पुन: संसद यात्रा गर्न सफल भएका छन्।
कांग्रेस छाडेका वाग्लेले तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसकै गोविन्द भट्टराईलाई फराकिलो मतसहित हराउँदै रविको जोरभाइ भएर संसद यात्रा गरेका हुन्।
स्वर्णिमले भोट माग्दा पनि आफूलाई नचिन्ने मतदाताहरुसँग रविको भाइ भन्दै परिचय दिएका दिने गरेका थिए।
798
Shares
प्रतिक्रिया