टियु क्रिकेट मैदानमा नेपाल-कुवेतबीच रोमाञ्चक खेल जारी छ। ३६ ओभर सकिँदा ६ विकेटको क्षतिमा नेपालले २२७ रन बनाएको छ।
२३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। पानी रोकिएपछि ५ ओभर घटाएर १२ बजेदेखि पुन: खेल सुरु गर्ने तयारी गरिएको थियो। तर फेरि पानी परेपछि खेल सुरु हुन पाएन।
दुईपटकको वर्षाको विश्रामपछि १ बजेदेखि खेल जारी छ। खेल थप ३ ओभर घटाएर ४२ ओभरमा सीमित गरिएको छ।
6
Shares
प्रतिक्रिया