आज १३४ औं श्रमिक दिवस। देशभर विभिन्न कार्यक्रमका साथ यस दिवस मनाइँदै छ। सरकारले नै यो दिवसको अवसरमा सार्वजनिक बिदा समेत घोषणा गरेको छ।
जसको सम्मानका लागि यो दिवस मनाइँदै छ, उनीहरूलाई भने आजको दिनले कतै छोएको देखिँदैन।
केहीदिनदेखिको लगातार वर्षाले देशभरको जनजीवन प्रभावित छ। झरिमा रुझ्दै मजदुरहरू भने आफ्नो काम गर्न छाडेका छैनन्।
सरकार र विभिन्न सम्बन्धित संस्थाहरूले तामझामका साथ श्रमिक दिवस मनाइरहँदा काठमाडौंका सडकमा भने मजदुरहरू थाप्लोमा नाम्लो टुटेको छैन।
काठमाडौंका सडकमा मे दिवसका दिन देखिएका केही तस्बिरहरूः
54
Shares
प्रतिक्रिया