काठमाडौं महानगरले इन्टरनेटका तार काट्ने चेतावनी दिएपछि सेवा प्रदायक कम्पनीहरूले प्रयोगमा नरहेका तार धमाधम हटाउन थालेका छन्।
मेयर बालेन्द्र शाहले वैशाख २७ गतेसम्म नहटाए महानगर आफैंले हटाउने चेतावनीपछि व्यवसायी आफै तार हटाउन थालेका हुन्।
आइतबार काठमाडौं महानगरपालिकामा सरोकारवाला निकायको बैठकवासी सोमबारबाटै (बैशाख २५) तार हटाउन सहमत भएका थिए।
प्राधिकरणले १२ वटा रूट निर्धारण गरेको जनाएको छ।
जसअनुसार माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वर देखि महाराजगञ्ज, न्युरोड-बसन्तपुर हुँदै असन, माइतीघर-पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली-नारायणहिटी-कमलादी हुँदै रानीपोखरी, डिल्लीबजार-अनामनगर हुँदै बीआईसीसीसम्म रहेको छ।
नक्साल-बालुवाटार हुँदै शीतल निवास, माइतीघर-त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर-अस्कल-रानिवारी हुँदै सामाखुसी, सोह्रखुट्टे-ढल्को-ताहाचल हुँदै स्वयम्भू, सिनामंगल-पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला-बौद्वनाथ, कालिमाटी-कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थान गर्ने योजना रहेको जनाइएको छ।
तस्बिरहरूः
Shares
प्रतिक्रिया