नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन्। भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गरी उनीहरूले शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विरोध प्रदर्शन गरेका छन्।
त्यस्तै, नागरिक अगुवासहितको टोलीले माइतीघर मण्डलामा विभिन्न पम्लेट र ब्यानरको साथमा नाचगान गरी दबाबमूलक प्रदर्शन गरिएको थियो।
प्रदर्शनमा ‘भन्ने छौं हामी बारम्बार भ्रष्टाचारीलाई कारागार’, ‘नेताहरूको घडीको तस्करको ब्याट्री छ’, ‘नेताहरूको भ्रष्टाचार धन्दा छ’, लगायतका नाराहरू प्लेकार्डमा लेखिएको थियो।
प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई लगायत अन्य सांसदहरूको समेत उपस्थिति थियो।
प्रदर्शनकारीहरुले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरुले ठगीरहेको टिप्पणी गरेका छन्।
102
Shares
प्रतिक्रिया