यो वर्ष लामो समयदेखि खडेरी परिरहेको छ। केही दिनयता हल्का बर्षा भए पनि अझै पनि धान रोप्ने गरी हुन सकेको छैन।
देशैभर पानी नपर्दा चर्को गर्मी छ। तराईका जिल्लामा तापक्रम ४० डिग्री आसपास पुगिरहेको छ।
काठमाडौं उपत्यकामा पनि गर्मी ३० देखि ३२ डिग्री आसपास पुगेको छ। लामो समय पानी नपर्दा जमीन तातेको छ भने खेती पनि लगाउन मुस्किल भएको छ।
उपत्यकाभित्रकै सिँचाइ पुग्ने केही ठाउँमा भने धान रोप्ने काम भइरहेको छ। तर आकाशे पानीको भर पर्ने किसानलाई भने यो बेला बीउ जोगाउन पनि मुस्किल परेको छ।
कागेश्वरी मनहरास्थित आलापोट पुग्दा केही किसानहरु धमाधम धान रोप्न व्यस्त थिए। ्ब
पानी नपरेपछि यहाँ पनि धान रोपाइँमा ढिलाइ भाएको छ। केही दिनयता पानी परेकाले कृषकले राहत महसुस गरेका छन्।
तर सबैतिर रोपाइँ हुने गरी अझै पनि पानी पर्न सकेको छैन। मनसुन भित्रिन अझै समय लाग्ने भएपछि कृषकको चिन्ता पनि बढाएको छ।
Shares
प्रतिक्रिया