नागरिकताविहीन नागरिकहरुले आन्दोलनलाई निन्तरता दिइरहेका छन्।
बुधबार पनि माइतीघर मण्डलमा भेला भएका उनीहरुले सरकार र सर्वोच्च अदालतमाथि खबरदारी गरे।
दुई वर्षदेखि निरन्तर आन्दोलित उनीहरुले माइतीघरको सडकमै खाना खाएर त्यहीँ आन्दोलनलाई निरन्तरता दिएका हुन्।
मंगलबार मात्रै नागरिकता आन्दोलन नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेका थिए।
पछिल्लो समय माइतीघरमा चलेको आन्दोलनमा निरन्तर सहभागीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिनुपर्ने बताइरहेका छन्।
\
57
Shares
प्रतिक्रिया