संसद् भवन नयाँबानेश्वर अगाडि नागरिक समाजका सदस्यहरुले प्रदर्शन गरेका छन्।
नागरिक अगुवा कृष्ण पहाडीसहितले संसद् भवन क्षेत्रस्थित पानीट्यांकी अगाडिको सडकमा प्रदर्शन गरेपछि प्रहरीले धरपकड गरेको छ।
उनीहरुले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही माग गरेका थिए।
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको उक्त कार्यक्रमबाट पक्राउ परेकाहरुलाई बानेश्वर बृत्तमा राखिएको छ।
39
Shares
प्रतिक्रिया