नेपाल विद्यालय कर्मचारी परिषदले दोश्रो चरणको आन्दोलन गरिरहेको छ।
परिषद्ले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन तीव्र पारेको छ।
स्थानीय तह, जिल्ला र केन्द्र सबै ठाउँमा आन्दोलित परिषद्का सदस्यहरुमाथि बिहीबार माइतीघर मण्डलमा प्रहरीले धरपकड गरेको छ।
नेपाल विद्यालय कर्मचारी परिषदको नेतृत्वमा देशभरमा सामुदायिक विद्यालयका कर्मचारी केही दिनदेखि आन्दोलनित भएका हुन्।
विद्यालय कर्मचारीको पारिश्रमिक न्यून रहेको र तलव वृद्धि गर्नेतर्फ सरकारले ठोस कदम नचालेको भन्दै उनीहरुले देशभर आन्दोलन चलाएका हुन्।
सरकारलाई दबाब सिर्जना गर्न बिहीबार देशभरका विद्यालय कर्मचारीले आन्दोलनलाई काठमाडौंकेन्द्रित बनाएका हुन्। आन्दोलनका क्रममा प्रहरीले कम्तीमा चारजनालाई पक्राउ गरेको छ।
69
Shares
प्रतिक्रिया