रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ कार्यालयमा सरेको छ। बालाजुस्थित च:मती मार्गमा खुलेको नयाँ कार्यालयमा सभापति रवि लामिछानेले घण्टी बजाएका छन्।
गत वर्ष आजकै दिन राष्ट्रियसभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिएको थियो। यो पार्टी निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो।
स्थापना दिवसका दिन रास्वपाले आफ्नो कार्यालय ६ तले सुविधासम्पन्न भवनमा सारेको हो।
बालाजुस्थित समृद्धि स्कुल नजिकैको नयाँ ६ तले भवनमा पार्टी कार्यालय सारेको रास्वपाले त्यहीँ संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक राेखको छ।
बैठकपछि पत्रकार सम्मेलन तथा चियापान आयोजना हुँदैछ। बैंकर अनिलकेशरी शाह त्यहीँबाट रास्वपामा प्रवेश गरेर प्रशिक्षण विभाग प्रमुख बनेका छन्।
दिउँसो १ बजे प्रधानमन्त्रीदेखि सबै राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिसहितको उपस्थितिमा चियापना कार्यक्रम गरिँदैछ।
Shares
प्रतिक्रिया