सोमबार सम्पन्न डि सिने अवार्ड खल्लो देखियो। वर्ष २०७७ का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री अवार्ड लिन उपस्थित भएनन्।
ठूलो मेलाका रुपमा सम्पन्न हुने डि सिने अवार्डको १४ औँ संस्करणमा आइपुग्दा यसको लोकप्रियता र गरिमा खस्किएको भान हुन्थ्यो।
समारोहमा अवार्ड लिने र अवार्ड प्रदान गर्ने सीमित व्यक्ति मात्रै उपस्थित थिए।
कोरोना महामारीका कारण रोकिएको २०७६ र २०७७ सालको अवार्ड समारोह वर्ष २०७७ का लागि पल शाह र पूजा शर्माले उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड प्राप्त गरे।
तर यी दुवै अवार्डमा अनुपस्थित थिए। पूजा र पलले फिल्म ‘म यस्तो गीत गाउँछु २’बाट अवार्ड जितेका थिए।
फिल्मका निर्देशक सुदर्शन थापाले पल र पूजा दुवैको अवार्ड लिए। पूजाको अवार्ड लिन स्टेज चढेका सुदर्शनले उद्घोषकको कानमा पूजा सुटिङमा रहेको बताएका थिए। पल भने किन अवार्ड समारोहमा आएनन् सुदर्शनले पनि खुलाएनन्।
फिल्म ‘म यस्तो गीत गाउँछु २’बाटै सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचाले। वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड पनि यही फिल्मलाई प्रदान गरियो।
रसियन कल्चर सेन्टर सम्पन्न अवार्ड समारेहमा अभिनेता अर्जुन श्रेष्ठ र हाँस्य अभिनेत्री तथा चर्चित निर्देशक दीपाश्री निरौलालाई छायाँछवि रजत सम्मान अर्पण गरियो। चलचित्र पत्रकार कुवेर गिरीलाई छायाँछवि चलचित्र पत्रकारिता सम्मान प्रदान गरियो।
डि सिने अवार्ड विजेताहरु:
सर्वोत्कृष्ट अभिनेता– पल शाह (म यस्तो गीत गाउँछु २)
सर्वोत्कृष्ट अभिनेत्री– पूजा शर्मा (म यस्तो गीत गाउँछु २)
सर्वोत्कृष्ट निर्देशक – सुदर्शन थापा (म यस्तो गीत गाउँछु २)
सर्वोत्कृष्ट चलचित्र – म यस्तो गीत गाउँछु २
सर्वोत्कृष्ट चलचित्र लेखक – दीन्स पाल्पाली (चिसो एष्ट्रे)
सर्वोत्कृष्ट द्धन्द्ध निर्देशक – सम्राट बस्नेत (हेल्लो जिन्दगी)
सर्वोत्कृष्ट नृत्य निर्देशक – रामजी लामिछाने (आकाशे खेती)
सर्वोत्कृष्ट छायांकार – पुरुषेत्तम प्रधान (लप्पन छप्पन २)
सर्वोत्कृष्ट सम्पादक – बनिश शाह/मिलन श्रेष्ठ –(म यस्तो गीत गाउँछु २)
सर्वोत्कृष्ट संगीतकार – अर्जुन पोख्रेल (म यस्तो गीत गाउँछु २)
सर्वोत्कृष्ट गायक – राजनराज शिवाकोटी (हेल्लो जिन्दगी)
सर्वोत्कृष्ट गायिका –प्रविशा अधिकारी ( हेल्लो जिन्दगी)
जुरी अवार्ड – सुर्य बोहरा (हेल्लो जिन्दगी)
२०७७ का अवार्ड विजेता
सर्वोत्कृष्ट चलचित्र/निर्देशक –सुर्य बोहोरा (श्री)
सर्वोत्कृष्ट अभिनेता – सविन श्रेष्ठ ( हिरो रिटन्स)
सर्वोत्कृष्ट अभिनेत्री – जान्हवी वस्नेत (लक्ष्मी पूजा)
सर्वोत्कृष्ट सह–अभिनेता – रोशन श्रेष्ठ (हिरो रिटन्स)
सर्वोत्कृष्ट नृत्य निर्देशक – अजय स्याङताङ (गुड फ्रेन्ड)
Shares
प्रतिक्रिया